रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित

रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १०:५३
रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित

जनकपुरधाम : रक्तदान अभियन्ता सरोजकुमार महतो ‘४० मुनिका ४०–२०८३’ सम्मानबाट सम्मानित भएका छन्। अनलाइनखबरले प्रदान गर्ने उक्त सम्मानबाट धनुषाको बटेश्वर गाउँपालिका–३ का महतो सम्मानित भएका हुन्।

रगतको अभावमा उपचार प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न महतो लामो समयदेखि रक्तदान अभियानमा सक्रिय छन्। देशभर रगत आवश्यक पर्ने व्यक्तिलाई समयमै रक्त उपलब्ध गराउने अभियानसँगै उनी सामाजिक क्षेत्र र नेतृत्वदायी भूमिकामा समेत सक्रिय रहँदै आएका छन्।

ADVERTISEMENT

रक्तदान अभियानबाहेक युवाको नेतृत्व विकास, नागरिक सचेतना र सामाजिक सेवाका विभिन्न गतिविधिमा पनि महतोको सक्रियता रहँदै आएको छ।

महतो यसअघि नेपाल सरकारबाट प्रदान गरिएको **राष्ट्रिय युवा प्रतिभा पुरस्कार**बाट समेत सम्मानित भइसकेका छन्।

बटेश्वर गाउँपालिकाका स्थानीय महतो राष्ट्रियस्तरको सम्मानबाट सम्मानित भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले सामाजिक सेवामा सक्रिय युवाको योगदानको कदर भएको बताएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १०:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !