मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु प्रकरण : वडाध्यक्षसहित दुई जना पक्राउ

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु प्रकरण : वडाध्यक्षसहित दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार १२:४५
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु प्रकरण : वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट: रौतहटको मौलापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन्।

ADVERTISEMENT

मौलापुर नगरपालिका–३ विद्युत् कार्यालयनजिकै मौलापुर–जयनगर सडक खण्डमा गत वर्षको असार ६ गते दिउँसो करिब १ ः ४० बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना भएको थियो।

दुर्घटनामा त्रिकिशोर कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार २० वर्षीय नीरज कुशवाहा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा २०८२ माघ १७ गते बिहान १० ः ३० बजे मृत्यु भएको थियो।

उक्त सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा २०८३ साउन २५ गते दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १२:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !