रास्वपा सांसद चौधरीसँग जोडेर फोटो भाइरल, दीपिका सिंहले भनिन्– ‘त्यसमा कुनै सत्यता छैन’

रास्वपा सांसद चौधरीसँग जोडेर फोटो भाइरल, दीपिका सिंहले भनिन्– ‘त्यसमा कुनै सत्यता छैन’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार ०१:०३
रास्वपा सांसद चौधरीसँग जोडेर फोटो भाइरल, दीपिका सिंहले भनिन्– ‘त्यसमा कुनै सत्यता छैन’

जनकपुरधाम : सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो फोटोमा सप्तरी–३ का प्रतिनिधिसभा सदस्य अमरकान्त चौधरीलाई गलत तरिकाले जोडिएको भन्दै दीपिका सिंहले आपत्ति जनाएकी छन्।

सिंहले उक्त तस्बिर ‘फेक’ रहेको दाबी गर्दै आफू र चौधरीलाई जोडेर भ्रम फैलाइएको बताएकी छन्।

ADVERTISEMENT

‘मेरो फोटोमा अमरकान्त चौधरीसँग गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइँदैछ। त्यसमा कुनै सत्यता छैन,’ उनले भनिन्, ‘यो फोटो तथा भिडियो शेयर गरेर हामीलाई अझै बदनाम नगरिदिनुहोस्।’

उनले भाइरल सामग्रीको सत्यता पुष्टि नगरी शेयर नगर्न तथा त्यसमाथि अनावश्यक टिप्पणी नगर्न सर्वसाधारणसँग आग्रह गरेकी छन्।

सोमबार रास्वपा सांसद चौधरीसंग सिंहको ‘लिप किस’ गरिरहेको तस्वीर समाजिक संजालमा भाइरल भएको थियो।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार ०१:०३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !