प्रहरीको गोलीबाट तीन जनाको मृत्यु दुःखद्, दोषीमाथि कारबाही होस् : महेश यादव

प्रहरीको गोलीबाट तीन जनाको मृत्यु दुःखद्, दोषीमाथि कारबाही होस् : महेश यादव
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण १५, शुक्रबार ०८:५०
प्रहरीको गोलीबाट तीन जनाको मृत्यु दुःखद्, दोषीमाथि कारबाही होस् : महेश यादव

जनकपुरधाम : मधेश प्रदेशका निर्वतमान अर्थमन्त्री तथा सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य महेश प्रसाद यादवले सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) र सिरहाको गोलबजारमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बिहीबार एक शोक वक्तव्य जारी गर्दै यादवले प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

ADVERTISEMENT

यादवले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा मृतकका परिवारलाई न्यायोचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै, घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले धर्म, जात वा समुदायका नाममा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। समाजमा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नागरिकलाई उनले हार्दिक अपिल गरेका छन्।

यादवले यस्ता घटनाले सामाजिक सद्भावमा असर पर्ने भएकाले सबै पक्षले जिम्मेवार व्यवहार गर्दै कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०८:५०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !