सर्वपक्षीय बैठकअघि विराटनगरमा विरोध प्रदर्शन

सर्वपक्षीय बैठकअघि विराटनगरमा विरोध प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार १३:२३
सर्वपक्षीय बैठकअघि विराटनगरमा विरोध प्रदर्शन

बिराटनगर : सुनसरीको देवानगन्जमा भएको घटनाको निष्पक्ष र सत्यतथ्य छानबिनको माग गर्दै बिहीबार मोरङको विराटनगरमा प्रदर्शन गरिएको छ।

स्थानीय हनुमान मन्दिर परिसरमा भेला भएका सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि विरोध प्रदर्शन गरेका हुन्।

ADVERTISEMENT

दोषीलाई कारबाही र शान्ति-सुरक्षाको माग गरी प्रदर्शनकारीहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

उता घटनापछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक तथा धार्मिक सद्‌भाव कायम राख्न र कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन मोरङ प्रशासनले पनि तत्परता देखाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय छलफल, सद्‌भाव र्‍याली तथा शान्ति सु-व्यवस्थाका आगामी रणनीति तय गर्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, धार्मिक सञ्जाल र सुरक्षा निकायका प्रतिनिधिहरूलाई राखी मोरङ उद्योग व्यापार संघको सभाहलमा सर्वपक्षीय बैठक राख्दै छ।

दिउँसो बैठक आयोजना गर्नुभन्दा पहिला नै उनीहरूले प्रशासनको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन ३ सय जनाभन्दा बढीको सहभागितामा प्रदर्शन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १३:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !