रौतहटमा १४.५७ क्युबिक फिट सालको काठ बरामद, तस्करको खोजी तीव्र

रौतहटमा १४.५७ क्युबिक फिट सालको काठ बरामद, तस्करको खोजी तीव्र
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार १८:३७
रौतहटमा १४.५७ क्युबिक फिट सालको काठ बरामद, तस्करको खोजी तीव्र

रौतहट : रौतहटको गुजरा नगरपालिका–२, चोचाबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको साल जातको काठ बरामद गरिएको छ।

वन डिभिजन कार्यालय रौतहटका अनुसार चोचा सब-डिभिजन वन कार्यालयका प्रमुख अनिलकुमार महतोको कमाण्डमा सशस्त्र प्रहरी बल (एपीएफ) र जङ्गलसैयाँबाट खटिएको संयुक्त गस्ती टोलीले आइतबार दिउँसो १२:४५ बजे विशेष गस्तीका क्रममा उक्त काठ फेला पारेको हो।

ADVERTISEMENT

गस्ती टोलीले लुकाइछिपाइ राखिएको साल जातको ३ थान गोलिया काठ बरामद गरेको जनाएको छ। बरामद काठको परिमाण १४.५७ क्युबिक फिट रहेको वन कार्यालयले जनाएको छ।

बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि चोचा सब-डिभिजन वन कार्यालय, रौतहटको परिसरमा सुरक्षित राखिएको छ।

वन डिभिजन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरका अनुसार काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको छ। साथै, घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गरिने उनले बताए।

प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार १८:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !