प्रधानमन्त्री बालेनले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने

प्रधानमन्त्री बालेनले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १०:५१
प्रधानमन्त्री बालेनले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडाैं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफल हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा केन्द्रित हुनेछ । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठलगायत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

यसअघि प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा तयारी पोसाक उद्योग संघका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १०:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !