आज पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

आज पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार ११:२१
आज पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे हुने छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

छलफलमा प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि सहभागिता रहनेछ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय र बीमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधारका उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग सुझाव आदानप्रदान हुने बताइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ११:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !