धनुषामा ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ असार १८, बिहीबार २१:०२
धनुषामा ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका–१ ठाढीझिझास्थित तिनकौरिया–महिनाथपुर सडक खण्डबाट प्रहरीले ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी ठाढीझिझाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भारतको महिनाथपुरबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००६ प ७८९५ नम्बरको मोटरसाइकल रोकी चालक र पछाडि सवार व्यक्तिको शरीर तलासी गर्दा लागुऔषध बरामद भएको हो।

ADVERTISEMENT

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–११ निवासी ३० वर्षीय लक्ष्मी दास र २४ वर्षीय अर्जुन कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मी दासको साथबाट प्लास्टिकसहित ९.४२ ग्राम खैरो हेरोइनजस्तो देखिने लेदो पदार्थ, नगद १२ हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। त्यस्तै अर्जुन कुमार यादवको साथबाट एक थान मोबाइल, ३ हजार रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। धनुषा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी उनीहरूलाई ईलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार १८, बिहीबार २१:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !