रास्वपाको सहमन्त्रीमा जुली यादवको उम्मेदवारी दर्ता , आज निर्वाचन हुँदै

रास्वपाको सहमन्त्रीमा जुली यादवको उम्मेदवारी दर्ता , आज निर्वाचन हुँदै
मधेश पत्र मधेश पत्र २०८३ असार १२, शुक्रबार १२:१९
रास्वपाको सहमन्त्रीमा जुली यादवको उम्मेदवारी दर्ता , आज निर्वाचन हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमन्त्री पदका लागि केन्द्रीय सदस्य जुली यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ।

मधेसी महिला खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित यादवले सहमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो। उक्त पदका लागि आज बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ।

ADVERTISEMENT

धनुषाको कमला नगरपालिका–३ निवासी यादव रास्वपाको संगठन निर्माण तथा विस्तारमा सुरुदेखि नै सक्रिय रहँदै आउनुभएको छ। उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको समानुपातिकतर्फको उम्मेदवारसमेत हुनुहुन्थ्यो।

उम्मेदवारी घोषणा गर्दै यादवले पार्टीलाई थप लोकतान्त्रिक, समावेशी र संस्थागत बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। पार्टी संगठनलाई जनतासँग अझ नजिक जोड्ने, महिला तथा मधेसी समुदायको नेतृत्वदायी भूमिका सुदृढ गर्ने र सुशासन तथा जवाफदेहिताको अभ्यासलाई संस्थागत बनाउने आफ्नो प्राथमिकता रहने उहाँको भनाइ छ।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भइरहेको छ।

प्रकाशित मिति: २०८३ असार १२, शुक्रबार १२:१९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !