रास्वपा केन्द्रीय सदस्यमा जुली यादवको उम्मेदवारी घोषणा

रास्वपा केन्द्रीय सदस्यमा जुली यादवको उम्मेदवारी घोषणा
मधेश पत्र मधेश पत्र २०८३ असार ५, शुक्रबार ०७:२०
रास्वपा केन्द्रीय सदस्यमा जुली यादवको उम्मेदवारी घोषणा

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सक्रिय सदस्य जुली यादवले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्।

यादवले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै मधेश प्रदेशबाट महिला प्रतिनिधित्वलाई थप सशक्त बनाउने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएकी हुन्।

ADVERTISEMENT

उनले पार्टीभित्र समावेशी नेतृत्व, महिला सहभागिता र संगठन सुदृढीकरणका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

‘व्यक्तिगत रूपमा सबै साथीहरूसँग भेटघाट तथा संवाद गर्न सम्भव नभए पनि यही माध्यमबाट सम्पूर्ण साथीहरू, शुभेच्छुकहरू तथा पार्टी सदस्यहरूसँग साथ, सहयोग, सुझाव र समर्थनको अपेक्षा राखेकी छु,’ उनले भनेकी छन्।

यादवले पार्टीका सदस्य तथा समर्थकहरूको विश्वास, साथ र सहयोग नै आफ्नो मुख्य शक्ति रहेको उल्लेख गर्दै महाधिवेशनमा सहयोग गर्न आग्रह गरेकी छन्।

रास्वपाको महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ।

प्रकाशित मिति: २०८३ असार ५, शुक्रबार ०७:२०
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !