‘सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ ?’

‘सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ ?’
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ २९, शुक्रबार १५:००
‘सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ ?’

२९ जेठ, काठमाडौं : सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय संसद्‍मा उठेको छ । नेकपा एमाले, श्रम संस्कृति पार्टीका सांसदहरूले यो विषयमा सरकारको ध्यानाकषण गरेका छन् ।

सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय बासीले लखेटेको उल्लेख गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने, ‘नेपाल सरकार के हेरेर बसेको छ ?’

ADVERTISEMENT

प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको सीमा मिचेको भनेको सन्दर्भ समेत उल्लेख गर्दै उनले सुस्तामा भारतीय सीमा सुरक्षा बलको प्रवेशको विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

त्यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।

‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ नेता साम्पाङले भने ।

यो विषयमा सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं ।’

प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार १५:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !