एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ३१, बिहीबार १४:४६
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको हो ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । चुनावमा नराम्रो पराजयसँगै उनलाई नेतृत्व छाड्न दबाब बढिरहँदा ओलीले बैठक टारिरहेका थिए ।

ADVERTISEMENT

पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत नराखेपछि यही वैशाखा २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

बैठक नबस्दा एमालेले चुनावमा भएको पराजयको औपचारिक रुपमा समीक्षा समेत गर्न सकेको छ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चैत १४ गते ओली जेनजी आन्दोलन घटनाको अनुसन्धानका लागि पक्राउ परेका थिए ।

प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार १४:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !