सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध

सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १२, मंगलवार ११:५४
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध

सिरहा: सिरहाको कसाहा स्थित पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । हिन्दु सम्राट सेनाको नेतृत्वमा उपस्थित भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

सिरहाको धनगढी नगरपालिका वडा नम्बर–८ स्थित कसहामा अवरुद्ध राजमार्ग खुलाउन समन्वय भइरहेको सिरहाका एसपी बासु पाठकले बताए ।

ADVERTISEMENT

साउन १० मा राति सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाएका थिए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओम प्रकाश मेहताले ज्यान गुमाएको विरोधमा हिन्दुवादीले सिरहामा पनि प्रदर्शन गरेका हुन् ।

सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनाको असर अन्यत्र फैलिन नदिन पूर्व सतर्कता अपनाउने निर्णय गरेको थियो । सुनसरीमा भएको झडपमा परेर अरू ९ जना स्थानीय घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले बताए । दुई जना स्थानीयको अवस्था गम्भीर छ । झडपमा इन्स्पेक्टर राकेश राई सहित १० जना र सशस्त्रका १० जना सुरक्षाकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार ११:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !