शीतलनिवास पुगे दुई अध्यादेश

शीतलनिवास पुगे दुई अध्यादेश
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १५, मंगलवार १६:१७
शीतलनिवास पुगे दुई अध्यादेश

काठमाडौँ : सरकारले संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश शीतलनिवास पुर्‍याएको छ । यी दुई अध्यादेश प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष पेस गरेको हो ।

राष्ट्रपति पाैडेलले ती अध्यादेश अध्ययन गरिरहेको शीतलनिवास स्रोतले जानकारी दियो ।’ संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश आएका छन् । आज आएका हुन् । अध्ययनका क्रममा छन् ‘, स्रोतले भन्यो ।

ADVERTISEMENT

सरकारले संसद छलेर अध्यादेशको बाटो रोजेको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार १६:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !