मधेशका यातायातमा कर्मचारी हेरफेर : जनकपुरमा साह, वीरगञ्जमा सिंह र लहानमा मल्ल

मधेशका यातायातमा कर्मचारी हेरफेर : जनकपुरमा साह, वीरगञ्जमा सिंह र लहानमा मल्ल
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार २३:५७
मधेशका यातायातमा कर्मचारी हेरफेर : जनकपुरमा साह, वीरगञ्जमा सिंह र लहानमा मल्ल

जनकपुरधाम : मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले जनकपुर यातायात व्यवस्था कार्यालयमा उपसचिव दशौँ तहका विरेन्द्र साह र वीरगञ्ज यातायात व्यवस्था कार्यालयमा धनन्जय सिंहलाई सरुवा गरेको हो।

त्यस्तै, लहान यातायात व्यवस्था कार्यालयमा उपसचिव नवौँ तहका बासुदेव मल्लको सरुवा गरिएको छ। मन्त्रालयले उपसचिव दशौँ तहका कुशेश्वर साहलाई भने श्रम तथा यातायात मन्त्रालयमै सरुवा गरेको छ।

ADVERTISEMENT

नवौँ तह र सोभन्दा माथिका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्री कार्यालयसँग रहेकाले मन्त्रालयले कर्मचारी हेरफेरका लागि त्यहाँबाट सहमति लिएको थियो।

सरुवा भएर जनकपुर आउन लागेका विरेन्द्र साह यसअघि लहान यातायात व्यवस्था कार्यालयमा दुई वर्ष प्रमुखका रूपमा कार्यरत थिए। त्यसअघि उनले जनकपुर यातायात व्यवस्था कार्यालयमै चार वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यससँगै उनी पुनः जनकपुरकै यातायात कार्यालयमा फर्किएका छन्।

वीरगञ्ज यातायात व्यवस्था कार्यालयको प्रमुखमा सरुवा भएका धनन्जय सिंह करिब एक वर्षदेखि श्रम तथा यातायात मन्त्रालयमा कार्यरत थिए।

गत वर्ष नेकपा एमालेका सरोज यादव मुख्यमन्त्री रहेका बेला उपसचिव नवौँ तहका बासुदेव मल्लले मुख्यमन्त्री कार्यालयबाट जनकपुर यातायात व्यवस्था कार्यालयमा आफ्नो सरुवा गराएका थिए। अहिले मल्ललाई जनकपुरबाट लहान सरुवा गरिएको छ।

मन्त्रालयमा सरुवा गरिएका कुशेश्वर साह यसअघि वीरगञ्ज यातायात व्यवस्था कार्यालयका प्रमुख थिए। वीरगञ्ज जानुअघि उनले लहान यातायात व्यवस्था कार्यालयमा झन्डै चार वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी जनकपुर यातायात व्यवस्था कार्यालयमा कार्यरत थिए।

साह पनि लामो समयदेखि यातायात क्षेत्रकै कार्यालयमा कार्यरत रहँदै आएका छन्। पछिल्लो सरुवासँगै मधेशका तीन यातायात व्यवस्था कार्यालय र मन्त्रालयमा उपसचिव तहका कर्मचारीको जिम्मेवारी फेरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार २३:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !