कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २१, बुधबार १४:१२
कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

काठमाडौंकेन : नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५, टोखा निवासी कृष्ण डंगोलले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

करिब दुई दशकदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका डंगोलले नेपाली कांग्रेसमा भएका विभिन्न परिवर्तनलाई नजिकबाट साक्षीका रूपमा अनुभव गरेको बताएका छन्। सक्रिय राजनीतिसँगै विभिन्न संघसंस्थामार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले लोपोन्मुख पौराणिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान गर्दै आएको बताएका छन्।

ADVERTISEMENT

डंगोलले आफ्नो उम्मेदवारीलाई पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। विशेषगरी युवाहरूलाई एकीकृत गर्दै उनीहरूको सहभागिता पार्टीका विभिन्न तह र तप्कामा सुनिश्चित गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

“पार्टीलाई थप मजबुत बनाउँदै युवाहरूलाई एकीकृत गर्ने र पार्टीको तह–तहमा रहेर समाज तथा देशलाई बीपी कोइरालाले देखाएको मार्गदर्शन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” डंगोलले बताएका छन्।

उनका अनुसार नेपाली कांग्रेसको संगठनलाई समयअनुकूल बनाउँदै नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउन आवश्यक छ। सामाजिक क्षेत्रको अनुभव र लामो समयदेखि कांग्रेसको राजनीतिमा रहँदै आएको आफ्नो यात्रालाई पार्टी संगठनमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताएका छन्।

नेपाली कांग्रेसको काठमाडौं जिल्ला कार्यसमितिको आधिकारिक विवरणमा पनि डंगोल थरका नेताहरू जिल्ला तथा स्थानीय तहका विभिन्न संरचनामा आबद्ध रहेको देखिन्छ।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार १४:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !