सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला २ लाख ९१ हजार ९ सय

सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला २ लाख ९१ हजार ९ सय
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १२:३९
सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला २ लाख ९१ हजार ९ सय

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँ घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १२:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !