रुपन्देहीमा पेस्तोल देखाउने क्रममा गोली चल्यो, एक जना घाइते

रुपन्देहीमा पेस्तोल देखाउने क्रममा गोली चल्यो, एक जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १२:१७
रुपन्देहीमा पेस्तोल देखाउने क्रममा गोली चल्यो, एक जना घाइते

बुटवल : रुपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–७ निवासी दीपक खरेलको घरमा आएको २२ वर्षीय रायन खत्री क्षेत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको हो।

ADVERTISEMENT

खरेलले समातेको पेस्तोलबाट गोली चल्दा खत्री घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि देवदह मेडिकल कलेजमा लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।

घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १२:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !