सिंहदरबारभित्र यूएनडीपीको गाडीले ठक्कर दिँदा रास्वपा सांसदको गाडीमा क्षति

सिंहदरबारभित्र यूएनडीपीको गाडीले ठक्कर दिँदा रास्वपा सांसदको गाडीमा क्षति
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार १३:३१
सिंहदरबारभित्र यूएनडीपीको गाडीले ठक्कर दिँदा रास्वपा सांसदको गाडीमा क्षति

काठमाडौं : सिंहदरबार परिसरभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्कीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।

ADVERTISEMENT

स्रोतका अनुसार सांसद कार्कीको गाडी रोकिराखिएको अवस्थामा थियो। दक्षिण गेटतर्फबाट आउँदै गरेको यूएनडीपीको गाडीले रोकिराखेको गाडीलाई ठक्कर दिएको बताइएको छ।

घटनाबारे ट्राफिक प्रहरीले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १३:३१
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !