त्रिशूली–३ ‘ए’को सुरुङको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन

त्रिशूली–३ ‘ए’को सुरुङको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १३:५५
त्रिशूली–३ ‘ए’को सुरुङको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरुङको मुख खोल्ने कार्य तीव्र पारिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कामलाई तीव्रता दिइएको हो। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ८२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

ADVERTISEMENT

सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरक्षाकर्मीले आवश्यक उपकरणसहित उद्धार कार्य जारी राखेका छन्।

यसैबीच, उद्धार तथा राहत सहयोगका लागि नेपाल आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरेको जनाएको छ।

प्रारम्भिक अनुगमनपछि आवश्यकताको आधारमा प्रभावित क्षेत्रमा थप उद्धार कार्य अघि बढाइने बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १३:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !