मित्र राष्ट्रलाई पनि उद्धार कार्यमा सहभागी गराउन कांग्रेसको सुझाव

मित्र राष्ट्रलाई पनि उद्धार कार्यमा सहभागी गराउन कांग्रेसको सुझाव
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १३:३९
मित्र राष्ट्रलाई पनि उद्धार कार्यमा सहभागी गराउन कांग्रेसको सुझाव

काठमाडौँ : नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन इच्छुक मित्र राष्ट्रहरूको सहयोग र सहभागिता लिन सरकारलाई सुझाव दिएको छ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शनिबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्दै उद्धार कार्यमा मित्र राष्ट्रहरूलाई पनि सहभागी गराउन आग्रह गरेका हुन्।

ADVERTISEMENT

जवाफमा प्रधानमन्त्री शाहले निजी क्षेत्र तथा वैदेशिक सहयोगका लागि सरकारले आवश्यक अनुमति दिइसकेको जानकारी गराएका थिए। उनका अनुसार छिमेकी मुलुक चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण तत्काल आउन नसकेको र अन्य मुलुकबाट पनि सहयोग आउने क्रम जारी छ।

भेटका क्रममा आङ्देम्बेले विशेषगरी नुवाकोटलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिन थालेको भन्दै महामारी फैलिन सक्ने जोखिमप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

बाढीपहिरोपछि प्रभावित क्षेत्रमा सरसफाइ, स्वास्थ्य सेवा तथा रोग नियन्त्रणका लागि समयमै आवश्यक कदम चाल्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १३:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !