चीनबाट सुरुङसम्बन्धी विज्ञको दुई टोली नेपाल आउँदै

चीनबाट सुरुङसम्बन्धी विज्ञको दुई टोली नेपाल आउँदै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १३:३४
चीनबाट सुरुङसम्बन्धी विज्ञको दुई टोली नेपाल आउँदै

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पार्न चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन्।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन्।

ADVERTISEMENT

बाढीका कारण केही जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंका गरिएकाले उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य भइरहेको छ। हालसम्म २० फिटभन्दा बढी उत्खनन सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

उत्खनन कार्यको प्रगति उत्साहजनक रहेको र दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको छ।

बाढीले पुरिएका वा बगाएका अन्य आयोजना तथा संरचना आसपासका क्षेत्रमा पनि खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाइएको छ।

यसैबीच, जटिल सुरुङ क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १३:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !