रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको येलो गुम्बामा अस्थायी आश्रय

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको येलो गुम्बामा अस्थायी आश्रय
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १३:२६
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको येलो गुम्बामा अस्थायी आश्रय

काठमाडौं : रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढीपीडितलाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ।

सुरक्षाकर्मीले उद्धार गरी ल्याएका करिब २५० जनालाई गुम्बामा अस्थायी रूपमा राख्ने व्यवस्था मिलाइएको छ। नागार्जुन नगरपालिका–२ स्थित उक्त गुम्बामा हाल करिब एक सय बाढीपीडितलाई राखिएको नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीले जानकारी दिइन्।

ADVERTISEMENT

बाढीपीडितलाई गुम्बाको मेडिटेसन हलमा राखिएको छ। उनीहरूको अस्थायी बसोबास तथा आवश्यक व्यवस्थापनको अवस्था बुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलगायत शुक्रबार गुम्बामा पुगेका थिए।

कार्यवाहक प्रमुख अधिकारीका अनुसार बाढीपीडितका लागि व्यक्तिगत तथा संस्थागत सहयोग जुट्ने क्रम जारी छ। नगरपालिकाले स्वास्थ्य सेवाका लागि स्वास्थ्य टोलीसमेत खटाएको छ।

अस्थायी आश्रयमा रहेका बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटीले ५० थान म्याट र ५० थान म्याट्रेस उपलब्ध गराएको छ। अन्य आवश्यक राहत सामग्री र व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १३:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !