रसुवाका बाढीपहिरो पीडितलाई जनकनन्दिनी गाउँपालिकाको पाँच लाख सहयोग

रसुवाका बाढीपहिरो पीडितलाई जनकनन्दिनी गाउँपालिकाको पाँच लाख सहयोग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार २२:१८
रसुवाका बाढीपहिरो पीडितलाई जनकनन्दिनी गाउँपालिकाको पाँच लाख सहयोग

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद रु. ५ लाख तत्काल कोषमा पठाउने निर्णय गरेको हो।

ADVERTISEMENT

बुधबार रसुवामा आएको भीषण बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका विभिन्न निकाय र संघसंस्थाले सहयोग गरिरहेका छन्।

जनकनन्दिनी गाउँपालिका–५ का वडाध्यक्ष अशोककुमार मण्डलका अनुसार विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको हो। उनले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर निर्णय गरिएको बताए।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार २२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !