बाढी प्रभावित क्षेत्रमा नजान पर्यटन बोर्डको पर्यटकलाई आग्रह

बाढी प्रभावित क्षेत्रमा नजान पर्यटन बोर्डको पर्यटकलाई आग्रह
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:३१
बाढी प्रभावित क्षेत्रमा नजान पर्यटन बोर्डको पर्यटकलाई आग्रह

काठमाडौं : नेपाल पर्यटन बोर्डले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा भ्रमण नगर्न पर्यटकलाई आग्रह गरेको छ।

बुधबार बिहान रसुवास्थित भोटेकोसी नदीमा तिब्बती क्षेत्रबाट अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बोर्डले पर्यटकका लागि सुरक्षा सतर्कता जारी गरेको हो।

ADVERTISEMENT

बाढीका कारण भोटेकोसीसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको बोर्डले जनाएको छ। अहिले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेकाले पर्यटकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको हो।

पर्यटन बोर्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसँगै भोटेकोसी तथा त्रिशूली नदी करिडोर आसपास भ्रमण वा बसोबास गरिरहेका पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बोर्डले नदी, नदी किनार, पुल तथा समथर भूभागमा समेत यात्रा नगर्न र सम्भावित जोखिमबाट सुरक्षित रहन सचेत गराएको छ।

त्यस्तै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा पर्यटक प्रहरीले जारी गरेका निर्देशन र सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न बोर्डले आग्रह गरेको छ।

बोर्डले विपद्को अवस्था सामान्य नभएसम्म जोखिमयुक्त क्षेत्रमा भ्रमण नगरी सम्बन्धित निकायबाट जारी हुने सूचनालाई आधार बनाएर मात्र यात्रा गर्न पर्यटकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !