कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ गते पेशी

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ गते पेशी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार १५:००
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ गते पेशी

काठमाडौँ : नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किरहेका बेला पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरिएको हो। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि भदौ ११ गते पेशी तोकिएको छ।

ADVERTISEMENT

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा–खड्का पक्ष कानुनी उपचारका लागि सर्वोच्च पुगेको हो।

निवेदक पक्षले विशेष महाधिवेशनसम्बन्धी यसअघिको फैसलाविरुद्ध पुनरावलोकनका लागि सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यस मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गरेको छ।

सर्वोच्चले यसअघि नै विशेष महाधिवेशनसम्बन्धी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको थियो। सोही विषयलाई आधार बनाउँदै देउवा र खड्काले महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गरेका हुन्।

दर्ता भएको पूरक निवेदनलाई कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन मूल मुद्दासँगै राखेर सुनुवाइ गर्ने तयारी गरिएको छ।

अब भदौ ११ गते हुने प्रारम्भिक सुनुवाइमा सर्वोच्चले महाधिवेशन प्रक्रिया रोक्ने मागबारे कस्तो आदेश दिन्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा प्रभावित गर्ने देखिएको छ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्रको नेतृत्व विवादसमेत चर्किरहेको छ। सर्वोच्चको आदेशले महाधिवेशनको कार्यतालिका र पार्टीभित्र जारी शक्ति संघर्षमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १५:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !