जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ देखि १० गतेसम्म, सदस्यता नवीकरण भदौ मसान्तसम्म

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ देखि १० गतेसम्म, सदस्यता नवीकरण भदौ मसान्तसम्म
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १५:२०
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ देखि १० गतेसम्म, सदस्यता नवीकरण भदौ मसान्तसम्म

काठमाडौं : जनमत पार्टीले आगामी असोज ९ देखि १० गतेसम्म दोस्रो महाधिवेशन गर्ने भएको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने र सदस्यता नवीकरण गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको छ।

सोमबार राष्ट्रिय अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनसम्बन्धी निर्णय गरेको हो।

ADVERTISEMENT

जनमत पार्टीकी राष्ट्रिय सचिव अनिता कुमारी मण्डलका अनुसार २०८३ असोज ९ देखि १० गतेसम्म हुने दोस्रो महाधिवेशनलाई मध्यनजर गर्दै भदौ २१ गते आइतबारसम्म पार्टीका सबै वडा तथा पालिका अधिवेशन सम्पन्न गरी त्यसको विवरण केन्द्रीय सचिवालयमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ।

यस्तै, बैठकले भदौ मसान्तसम्म कायम रहेका पार्टीका सबै सदस्यलाई क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरेको छ। पार्टीले आवश्यक शुल्क बुझाएर सदस्यता नवीकरण गर्न सदस्यहरूलाई आग्रह गरेको छ।

सदस्यता नवीकरण गरेका सदस्यले मात्र महाधिवेशन प्रतिनिधि बन्न तथा महाधिवेशनमा उम्मेदवारी दिन पाउने पार्टीले जनाएको छ।

बैठकले स्वास्थ्यकर्मी जनमत संघको राष्ट्रिय संयोजकमा सिरहाका प्रदीप महतोलाई तोक्ने निर्णयसमेत गरेको छ।

यसैगरी, दोस्रो महाधिवेशनसम्बन्धी विषयमा थप छलफल गर्न भदौ २२ गते सोमबार बस्ने केन्द्रीय सचिवालय समितिको बैठकमा सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

जनमत पार्टीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै संगठनका वडा तथा पालिका तहका अधिवेशन र सदस्यता नवीकरणको कामलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १५:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !