सुरेशकुमार यादवको ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन

सुरेशकुमार यादवको ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार ०७:०२
सुरेशकुमार यादवको ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन

जनकपुरधाम : लेखक सुरेशकुमार यादवद्वारा लिखित ‘स्टार वडाध्यक्ष’ पुस्तक आइतबार जनकपुरधाममा विमोचन गरिएको छ। मधेस प्रदेशका सभामुख रामआशिष यादवले पुस्तकको विमोचन गरेका हुन्।

संघीयता सवलीकरण गर्ने उद्देश्यले लेखिएको पुस्तकमा मधेस प्रदेशका ५१ जना वडाध्यक्षका असल काम, संघर्ष र योगदानका कथा समेटिएका छन्। विभिन्न समुदायका वडाध्यक्षहरूको कथा समेटेर पुस्तकलाई समावेशी बनाइएको लेखकले बताएका छन्।

ADVERTISEMENT

वीरेन्द्रकुमार यादव प्रकाशक रहेको पुस्तकको आवरणमा ‘समर्पण, सेवा र नेतृत्वका ५१ सूत्र’ भन्ने नारा राखिएको छ।

पुस्तकमा विभिन्न स्थानीय तहमा कार्यरत जनप्रतिनिधिहरूको जीवन, संघर्ष र योगदानलाई केन्द्रमा राखिएको छ। साधारण पृष्ठभूमि र संघर्षबाट आएका जनप्रतिनिधिहरूले इमानदारी, पारदर्शी सेवा र सामाजिक न्यायमार्फत जनताको विश्वास जित्न सफल भएका उदाहरणलाई पुस्तकमा प्रस्तुत गरिएको छ।

त्यस्तै, जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा गरेका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका सुधारका प्रयासलाई समेत पुस्तकमा विस्तृत रूपमा उल्लेख गरिएको छ।

‘स्टार वडाध्यक्ष’ ले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनसेवा, सुशासन र समाज रूपान्तरणको सशक्त माध्यमका रूपमा प्रस्तुत गरेको छ। स्थानीय तहका जनप्रतिनिधिका सकारात्मक काम र योगदानलाई अभिलेखीकरण गर्ने प्रयासका रूपमा पुस्तकलाई महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ०७:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !