प्रधानमन्त्री शाह सडकमार्ग हुँदै काठमाडौँतर्फ प्रस्थान

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै काठमाडौँतर्फ प्रस्थान
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १३:१३
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै काठमाडौँतर्फ प्रस्थान

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङबाट सडकमार्ग हुँदै काठमाडौँतर्फ प्रस्थान गरेका छन्।

शनिबार दिउँसो परिवारका सदस्यसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार बिहान जोमसोमबाट काठमाडौँका लागि हिँडेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह सडकमार्ग हुँदै काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिए।

ADVERTISEMENT

शनिबार अपराह्न प्रधानमन्त्री शाहले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजाअर्चना गरेका थिए। पूजाअर्चनापछि उनी जोमसोममै बसेका थिए।

प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकखण्ड हुँदै संघीय राजधानी काठमाडौँतर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !