हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : शंकर पोखरेल

हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : शंकर पोखरेल
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ६, शनिबार १८:४५
हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेकाे स्पष्ट पारेका छन् ।

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताए ।

ADVERTISEMENT

पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनको भनाइ छ ।

एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको धारणा पनि उनले राखे ।

‘जनतासँगको सम्बन्ध पुन: जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको छ,’ पोखरेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको छ ।’

उनले प्रधानमन्त्रीको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उल्लेख गरे ।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १८:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !