राजकिशोर रोहिताको रास्वपा प्रवेशले विदेहको राजनीतिमा नयाँ तरंग

राजकिशोर रोहिताको रास्वपा प्रवेशले विदेहको राजनीतिमा नयाँ तरंग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ६, शनिबार ०९:०१
राजकिशोर रोहिताको रास्वपा प्रवेशले विदेहको राजनीतिमा नयाँ तरंग

जनकपुरधाम : धनुषाका युवा नेता राजकिशोर रोहिताले एक हजारभन्दा बढी नेताकार्यकर्तासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि विदेहको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।

विभिन्न दलमा आबद्ध रहेका युवाहरूको एकैपटक रास्वपामा प्रवेशलाई रास्वपाको संगठन विस्तारसँग जोडेर हेरिएको छ।

ADVERTISEMENT

शुक्रबार विदेह नगरपालिका–६ स्थित तिनकौरिया बजारमा आयोजित कार्यक्रममा रोहितासहित विद्यार्थी जनमत संघ धनुषाका पूर्वअध्यक्ष धिरजकुमार मण्डललगायत एक हजारभन्दा बढी नेताकार्यकर्ताले रास्वपाको सदस्यता लिएका हुन्। कार्यक्रम रास्वपाका सहमहामन्त्री पुरुषोत्तम यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

पार्टी प्रवेशपछि रोहिताले परम्परागत दलहरू जनताका अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानबाट प्रभावित भएर रास्वपामा आबद्ध भएको बताए।

पछिल्लो समय मधेशमा नयाँ राजनीतिक विकल्पको खोजी भइरहेका बेला ठूलो संख्यामा युवाहरूको रास्वपातर्फ आकर्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादव, सिरहा–२ का सांसद शिवशंकर यादव ‘शिव’, महोत्तरीका सांसद प्रमोद महतो तथा धनुषा–४ का सांसद राजकिशोर महतोलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार ०९:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !