सिंहदरबारमा आफूहरू थुनिएको प्रश्नमा अख्तियार प्रमुख राईले के भने?

सिंहदरबारमा आफूहरू थुनिएको प्रश्नमा अख्तियार प्रमुख राईले के भने?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १६:२४
सिंहदरबारमा आफूहरू थुनिएको प्रश्नमा अख्तियार प्रमुख राईले के भने?

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफू र आयोगका कर्मचारीलाई सिंहदरबारमा थुनेर प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले दबाब दिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले अख्तियार प्रमुख राईसहितका कर्मचारीलाई सिंहदरबारमै रोकिएको विषयमा प्रश्न उठाएका थिए।

ADVERTISEMENT

जवाफमा राईले राहदानीसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाउन सक्ने बताएका छन्। प्रधानमन्त्रीले उक्त विषयलाई अघि बढाउन र अनुसन्धान प्रक्रियामा तीव्रता दिन आग्रह गरेपछि सोहीअनुसार काम गरिएको उनको भनाइ छ।

‘हामी गयौँ, छलफल गर्‍यौँ। हेरेर यसलाई लगिदिए हुन्थ्यो, तीव्रता दिइदिए हुन्थ्यो भन्नुभयो,’ राईले भने।

उनका अनुसार त्यसपछि राहदानीसम्बन्धी मुद्दा अघि बढाइएको हो। उक्त मुद्दा दर्ता भइसकेको र अभियोजनसमेत भइसकेकाले त्यसको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने उनले बताए।

यद्यपि, सिंहदरबारमा आफूहरूलाई थुनिएको भनिएको घटनाबारे राईले थप विवरणमा जान चाहेनन्। उनले यस विषयमा आफू धेरै प्रवेश गर्न नचाहेको प्रतिक्रिया दिए।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १६:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !