तीन वर्षीया बालिकाको ह*त्या आरोपमा दुई जना पक्राउ

तीन वर्षीया बालिकाको ह*त्या आरोपमा दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार ११:१८
तीन वर्षीया बालिकाको ह*त्या आरोपमा दुई जना पक्राउ

कलैया : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र जितपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश चौधरी रहेका छन्। थापा म्याजिकका सहचालक तथा चौधरी म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर एकान्त घरमा लगेको र त्यहाँ आपराधिक घटना भएको खुलेको छ। घटनापछि बालिकाको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी बालिकाको शव भदौ २ गते स्थानीयको खाली घरमा फेला परेको थियो। शव फेला परेपछि तालिमप्राप्त कुकुरसहित परिचालित प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ११:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !