गाँजासहित नेपाली युवक भारतमा पक्राउ

गाँजासहित नेपाली युवक भारतमा पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १०:४३
गाँजासहित नेपाली युवक भारतमा पक्राउ

रौतहट : भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौली थाना प्रहरीले ७५० ग्राम गाँजासहित एक नेपाली युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका–१ निवासी रमाकान्त मुखियाका छोरा राजन मुखिया रहेका छन्।

ADVERTISEMENT

सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार मंगलबार प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानी तथा कारबाही अघि बढाएको थियो। सोही क्रममा राजनलाई नियन्त्रणमा लिँदा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका युवकविरुद्ध भारतीय कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुगौली प्रहरीले बताएको छ।

प्रहरीका अनुसार राजन जितपुर क्षेत्रबाट गाँजा लिएर भारतीय भूमिमा प्रवेश गरेका थिए। नेपाल–भारत सीमाबाट करिब ३५ किलोमिटरभित्र भारतीय क्षेत्रमा पुगेपछि उनी पक्राउ परेका हुन्।

घटनाले सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा चुनौती देखिएको छ। खुला सीमाका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अन्य अवैध वस्तुको ओसारपसार नियन्त्रण दुवै देशका सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १०:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !