बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार ०९:५८
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराजः सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले तिरहुत गाउँपालिका–३ निवासी दामोदर रजकलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

रजकविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट बैंकिङ कसुर मुद्दामा एक महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। फैसला कार्यान्वयनका क्रममा उनी वारदातपछि फरार रहेका थिए।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रजकलाई पक्राउ गरी मगलबार सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार अदालतबाट फैसला भइसकेका तर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानअन्तर्गत रजकलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार ०९:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !