अरुण यादव रास्वपामा प्रवेश, कमला–५ मा संगठन विस्तार हुने अपेक्षा

अरुण यादव रास्वपामा प्रवेश, कमला–५ मा संगठन विस्तार हुने अपेक्षा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार ०७:१९
अरुण यादव रास्वपामा प्रवेश, कमला–५ मा संगठन विस्तार हुने अपेक्षा

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–५ का समाजसेवी तथा युवा नेता अरुण यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

यादव आइतबार रास्वपाका सभापति रवि लामिछानेको निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन्। स्थानीयस्तरमा युवामाझ प्रभाव राख्ने यादवको रास्वपा प्रवेशले कमला नगरपालिका–५ मा पार्टीको संगठन थप बलियो हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

यादव यसअघि नेकपा एमालेमा आबद्ध थिए। लामो समयदेखि स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनी युवा पुस्तामाझ परिचित नेताका रूपमा रहेको बताइन्छ।

यादवका बुबा रामखेलावन यादवले गत स्थानीय तहको निर्वाचनमा कमला नगरपालिका–५ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। उनी झिनो मतान्तरले पराजित भएका थिए।

यादवको रास्वपा प्रवेशसँगै कमला नगरपालिका क्षेत्रमा पार्टीको राजनीतिक गतिविधि र संगठन विस्तारले थप गति लिने रास्वपा निकट नेताहरूको विश्वास छ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार ०७:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !