रास्वपामा प्रवेश गर्दै युवा नेता राजकिशोर रोहिता

रास्वपामा प्रवेश गर्दै युवा नेता राजकिशोर रोहिता
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १७:४४
रास्वपामा प्रवेश गर्दै युवा नेता राजकिशोर रोहिता

जनकपुरधाम : नेकपाका युवा नेता राजकिशोर यादव रोहिता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।

विदेह नगरपालिका–६, तिनकौरिया बजारमा आगामी भदौ ५ गते शुक्रबार रास्वपाले आयोजना गर्ने कार्यक्रममा नेता रोहिता पार्टी प्रवेश गर्ने भएका हुन्। उनले सोमबार तिनकौरिया बजारमा स्थानीयसँगको भेटघाटका क्रममा आफू रास्वपामा प्रवेश गर्न लागेको जानकारी दिएका हुन्।

ADVERTISEMENT

२०७९ सालको स्थानीय तह निर्वाचनमा रोहिता विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। उनी झिनो मतान्तरले पराजित भएका थिए।

नेता रोहिताले भदौ ५ गते तिनकौरिया बजारमा हुने रास्वपाको कार्यक्रममा सहभागी हुँदै आफ्नो नयाँ राजनीतिक अध्याय सुरु गर्न लागेको बताएका छन्।

‘यही भदौ ५ गते शुक्रबार विदेह नगरपालिका–६ तिनकौरिया बजारमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममार्फत आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु,’ उनले भने।

रास्वपामा प्रवेशपछि देश तथा मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध आफूले नेकपामा रहँदा उठाउँदै आएको आवाजलाई थप बुलन्द बनाउने उनले बताएका छन्।

रोहिताले विदेह नगरपालिकाकाबासीलाई पनि आफ्नो अभियानमा जोडिन आह्वान गरेका छन्।

‘देश र मधेशको हित चाहने तथा मधेशमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकास चाहने विदेहनगरका सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन आह्वान गर्दछु,’ उनले भने।

रोहिताको रास्वपा प्रवेशलाई स्थानीयस्तरमा उनको आगामी राजनीतिक यात्राको नयाँ सुरुवातका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १७:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !