खाजा घरको आवरणमा गाँजाको कारोबार, सञ्चालक पक्राउ

खाजा घरको आवरणमा गाँजाको कारोबार, सञ्चालक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २५, सोमबार १७:४२
खाजा घरको आवरणमा गाँजाको कारोबार, सञ्चालक पक्राउ

रौतहट : रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह छन्।

ADVERTISEMENT

उनले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साहले खाजा घरमा सानो–सानो पुरिया बनाएर गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजा घरमा खानतलासी गरेको थियो।

प्रहरी टोलीले खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको छ। खानतलासीका क्रममा बिक्री वितरणका लागि सानो–सानो पुरिया बनाएर राखिएको १२५ पुरिया गरी कुल ७ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार १७:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !