आज दिनभर कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

आज दिनभर कस्तो होला काठमाडौँ उपत्यकाको मौसम
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २०, बुधबार ०८:२०
आज दिनभर कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

काठमाडौं : अहिले (बुधबार बिहान करिब साढे ६ बजे) काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाको खासगरी उत्तरी भेगमा हल्का वर्षा भइरहेको हो।

ADVERTISEMENT

‘तर यो बिस्तारै रोकिने सम्भावना छ र अलिअलि घाम पनि देखिने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर दिउँसो फेरि मौसम बदली हुने र हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ।’

मौसमविद् लामिछानेका अनुसार बेलाबेला मौसम केही खुलेजस्तो भए पनि र घाम देखिए पनि समग्रमा दिनभर काठमाडौँ उपत्यकामा साधारणतया मौसम बदली नै रहने सम्भावना छ।

यसैबिच मौसम महाशाखाले आज बिहान ६:३० बजे जनाएअनुसार हाल सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुको वाणगंगा केन्द्रमा १०१ मिलिमिटर भएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार ०८:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !