जनकपुरधाममा सरकारसँग कुनै सहमति नभएको राष्ट्रिय एकता दलको स्पष्टिकरण

जनकपुरधाममा सरकारसँग कुनै सहमति नभएको राष्ट्रिय एकता दलको स्पष्टिकरण
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १७, आईतवार १०:०३
जनकपुरधाममा सरकारसँग कुनै सहमति नभएको राष्ट्रिय एकता दलको स्पष्टिकरण

जनकपुरधाम : राष्ट्रिय एकता दलले जनकपुरधाममा नेपाल सरकारसँग भएको वार्ताका क्रममा कुनै पनि प्रकारको सहमति, सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ।

शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा दलका केन्द्रिय सदस्य मनिष पुर्वेले जनकपुरधाममा भएको वार्तापछि सरकार र राष्ट्रिय एकता दलबीच सहमति भएको भन्ने समाचार तथा प्रचारप्रसार भ्रामक रहेको जनाएको छ। दलले यस्ता अपुष्ट सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक माध्यमलाई मात्र आधार बनाउन आग्रह गरेको छ।

ADVERTISEMENT

विज्ञप्तिअनुसार, जनकपुरधाममा भएको वार्तामा राष्ट्रिय एकता दल वा नेपाल सरकारबीच कुनै पनि प्रकारको सहमति, सम्झौता वा समझदारी भएको छैन।

दलले आफ्ना केन्द्रीय अध्यक्ष विनय यादव काठमाडौंको माइतीघर मण्डलामा जायज माग सम्बोधनको माग राख्दै आमरण अनशनमा रहेको र माग पूरा नभएसम्म अनशन जारी रहने जनाएको छ।

राष्ट्रिय एकता दलले जनकपुरधाममा भएको समझदारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरूबीच भएको विषय भएको दाबी गर्दै त्यसमा आफ्नो कुनै संलग्नता वा सहमति नरहेको उल्लेख गरेको छ। आवश्यक परे सम्बन्धित निकायसमक्ष प्रमाण प्रस्तुत गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

दलले सञ्चारमाध्यम, नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई राष्ट्रिय एकता दलसँग सम्बन्धित विषयमा भ्रामक र अपुष्ट सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक माध्यमलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १०:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !