फेसबुक लाइभमा फैलाइएको दाबी भ्रामक, सिरहा प्रहरीद्वारा खण्डन

फेसबुक लाइभमा फैलाइएको दाबी भ्रामक, सिरहा प्रहरीद्वारा खण्डन
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ श्रावण १५, शुक्रबार २३:४६
फेसबुक लाइभमा फैलाइएको दाबी भ्रामक, सिरहा प्रहरीद्वारा खण्डन

सिरहाः जिल्ला प्रहरी कार्यालय सिरहाले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रसारित गरिएको एक भ्रामक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दाबी पूर्ण रूपमा असत्य रहेको स्पष्ट पारेको छ।

प्रहरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १५ गते साँझ करिब ९:३० बजे सिरहा नगरपालिका–१२ का एक युवकले फेसबुक लाइभमार्फत “मेरो गाउँमा प्रवेश गरिसक्यो, CDO/SP को फोन रिसिभ भएन” भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेको उल्लेख गरेको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार उक्त अभिव्यक्तिमा कुनै पनि प्रकारको सत्यता नरहेको छ। सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल सम्बन्धित स्थानमा पुगेर आवश्यक अनुगमन तथा निरीक्षण गरेको थियो। घटनास्थलमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा असामान्य अवस्था फेला नपरेको प्रहरीले जनाएको छ।

प्रहरीले भ्रामक भिडियो पोस्ट गर्ने व्यक्तिले पछि उक्त भिडियो हटाएर माफी माग्दै नयाँ भिडियोसमेत सार्वजनिक गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले अपुष्ट, झुटा तथा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार नगर्न तथा त्यस्ता गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ। यस्ता सामग्रीले सामाजिक सद्भाव, शान्ति तथा सार्वजनिक सुव्यवस्थामा प्रतिकूल असर पार्न सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रेस विज्ञप्तिमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले गलत सूचना नफैलाउन तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार २३:४६
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !