सामाजिक सद्भाव बिथोलाएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ

सामाजिक सद्भाव बिथोलाएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार १९:५०
सामाजिक सद्भाव बिथोलाएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ

जनकपुरधाम : नेपाल प्रहरीले मधेश प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै धनुषाबाट १९ जना पक्राउ परेका छन्। त्यसपछि सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना तथा पर्साबाट १ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १९:५०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !