सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारसँग भेट गर्ने

सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारसँग भेट गर्ने
राघव मण्डल राघव मण्डल २०८३ श्रावण १५, शुक्रबार ०९:५८
सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारसँग भेट गर्ने

जनकपुरधाम: गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेटघाट गर्ने तथा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा बिहीबार राति आयोजित कार्यक्रममा सहभागी भएका गृहमन्त्री गुरुङले मृतकका आफन्तसँग भेट गरी सात बुँदे सहमतिमा हस्ताक्षर गराएका थिए। उक्त कार्यक्रमपछि उनी मोरङको विराटनगर पुगेका हुन्।

ADVERTISEMENT

विराटनगरमा केही समय बसेपछि उनी सिरहा प्रस्थान गर्ने कार्यक्रम रहेको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।

सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा समेत देखिएको छ। विरोध प्रदर्शनका क्रममा सिरहाको धनगढीमाई नगरपालिकामा पर्ने तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

गृहमन्त्री गुरुङले आज गणेश यादवका परिवारलाई भेट्नुका साथै जिल्लाको पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०९:५८
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !