धनुषाको कमलामा ट्याक्टर दुर्घटना : चालक फरार,कामदारको मृत्यु

धनुषाको कमलामा ट्याक्टर दुर्घटना : चालक फरार,कामदारको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १३, बुधबार २०:५०
धनुषाको कमलामा ट्याक्टर दुर्घटना : चालक फरार,कामदारको मृत्यु

श्रीकेश यादव, कमला : धनुषाको कमला नगरपालिका–५ धरापट्टीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार साँझ करिब ४:४० बजे कमला नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लक्कर चौकबाट सघारातर्फ जाँदै गरेको स १ त ४०८० नम्बरको टेलरसहितको स्वराज ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

ADVERTISEMENT

प्रहरी चौकी सिंयाही मडान धनुषामा दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुग्दा ट्याक्टर सडकबाट करिब ३ मिटर तल खेतमा पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरमा काम गर्ने कमला नगरपालिका–५ निवासी चन्दे झकरैतका छोरा अन्दाजी ३० वर्षीय दिपो झकरैत ट्याक्टरमुनि च्यापिएका थिए। उद्धार गरी बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवर नेतृत्वमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ।

ट्याक्टर चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार २०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !