रौतहटको हिलेखोला जंगलमा अवैध साल कटान, ३०.२४ क्युबिक फिट काठ बरामद

रौतहटको हिलेखोला जंगलमा अवैध साल कटान, ३०.२४ क्युबिक फिट काठ बरामद
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १८:३१
रौतहटको हिलेखोला जंगलमा अवैध साल कटान, ३०.२४ क्युबिक फिट काठ बरामद

जनकपुरधाम : रौतहटको चन्द्रपुर नगरपालिका–२ अन्तर्गत हिलेखोलामाथिको जंगलबाट अवैध रूपमा काटिएको साल जातको काठ डिभिजन वन कार्यालय, रौतहटले बरामद गरेको छ।

बुधबार गैडाटार सव–डिभिजन वन कार्यालयबाट खटिएको वन गस्ती टोलीले विशेष सूचनाको आधारमा गस्ती गर्ने क्रममा जंगलभित्र सुकेको सालको रुख काटेर सोही स्थानमा चिरान गरिरहेको अवस्थामा फेला पारेको थियो।

ADVERTISEMENT

वन कर्मचारीहरूले चारैतर्फबाट घेरा हालेर संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रयास गरे पनि तस्करहरू काठ छाडेर जंगलतर्फ फरार भएका थिए।

गस्ती टोलीले घटनास्थलबाट साल जातका गोलिया ५ थान, जम्मा ३०.२४ क्युबिक फिट काठ बरामद गरी आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याएको छ।

डिभिजन वन कार्यालय, रौतहटका प्रमुख वन अधिकृत मनोज ठाकुरका अनुसार अवैध चोरिकटानीमा संलग्न तस्करहरूको खोजतलास जारी रहेको छ। घटनाबारे थप अनुसन्धानका साथै कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १८:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !