असार महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक विशाल मल्ल

असार महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक विशाल मल्ल
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १७:००
असार महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक विशाल मल्ल

जनकपुरधाम : मधेश प्रदेश प्रहरी कार्यालयले २०८३ असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ (Best Province Police of the Month) का रूपमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई घोषणा गरेको छ।

‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता, अनुशासन र अपराध नियन्त्रणमा पुर्‍याएको योगदानका आधारमा प्रहरी निरीक्षक मल्ललाई असार महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ADVERTISEMENT

बुधबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।

प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र स्वस्थ प्रतिस्पर्धा, जिम्मेवारीबोध र व्यावसायिकता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले नागरिकमैत्री प्रहरी सेवा, प्रभावकारी शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा उत्कृष्ट योगदान दिने प्रहरी कर्मचारीलाई आगामी दिनमा पनि प्रोत्साहन गरिने बताए।

मधेश प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई छनोट गरी सम्मान गर्दै आएको छ। यस कार्यक्रमले प्रहरी संगठनभित्र कार्यसम्पादनमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १७:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !