शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा

शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १६:४४
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आम नागरिकको निराशा र थप आर्थिक भारलाई मध्यनजर गर्दै यो कर स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय लिइएको हो ।

ADVERTISEMENT

सरकारले सुरूमा दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले यो करको अवधारणा ल्याएको उनको प्रष्टोक्ति छ ।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १६:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !