रौतहटको शान्ती सामुदायिक वनमा खयर रुख कटानको आशंका, डिभिजन प्रमुखद्वारा स्थलगत निरीक्षण

रौतहटको शान्ती सामुदायिक वनमा खयर रुख कटानको आशंका, डिभिजन प्रमुखद्वारा स्थलगत निरीक्षण
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १०:२६
रौतहटको शान्ती सामुदायिक वनमा खयर रुख कटानको आशंका, डिभिजन प्रमुखद्वारा स्थलगत निरीक्षण

जनकपुरधाम : रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित श्री शान्ती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अवैध रूपमा खयरका रुख कटान गरिएको भन्ने सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय रौतहटले घटनालाई गम्भीर रूपमा लिँदै स्थलगत अनुगमन गरेको छ।

मंगलबार डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुर नेतृत्वको टोलीले घटनास्थल पुगेर निरीक्षण गरेको हो। निरीक्षणपछि अवैध कटानीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन गैडाटार सव–डिभिजन वन कार्यालयका कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई आवश्यक निर्देशन दिइएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

स्थलगत निरीक्षणका क्रममा घटनास्थलबाट डमरु बनाउन प्रयोग हुने आकारका १२ थान खयर काठ (१०.७० क्युबिक फिट) बरामद गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरका अनुसार घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी वन ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। उनले सामुदायिक वन क्षेत्रमा हुने अवैध कटानी तथा वन तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको पनि बताए।

वन कार्यालयले स्थानीय उपभोक्ता, वन समूहका पदाधिकारी तथा सरोकारवालालाई वन क्षेत्रको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न र कुनै पनि अवैध गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !