रौतहटमा अवैध सालको गोलिया काठ बरामद

रौतहटमा अवैध सालको गोलिया काठ बरामद
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण ४, सोमबार १६:१६
रौतहटमा अवैध सालको गोलिया काठ बरामद

जनकपुरधाम : रौतहटको गुजरा नगरपालिका–२, चोचा गाउँबाट अवैध रूपमा ल्याइएको साल जातको गोलिया काठ बरामद गरिएको छ।

डिभिजन वन कार्यालय रौतहटका अनुसार तस्करहरूले रातिको समयमा चोरी गरेर ल्याएको सालको गोलिया काठ चिरान गरिरहेको भन्ने सूचनाका आधारमा चोचा सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको बेस जङ्गलसहियाबाट खटिएको संयुक्त गस्ती टोलीले छापा मारेको थियो।

ADVERTISEMENT

गस्ती टोली पुग्नेबित्तिकै संलग्न व्यक्तिहरू फरार भएका थिए। टोलीले घटनास्थलबाट साल जातको गोलिया काठ एक थान, ३.३६ क्युबिक फिट बरामद गरेको जनाएको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख (डिभिजनल वन अधिकृत) मनोज ठाकुरका अनुसार बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १६:१६
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !